दिपक बि क / रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर -६ पातिहाल्न टोलमा बस्ने खहरे महराको जेठो छोरो अन्दाजी बर्ष ४१/४२ का कुमार महरा गत बैशाख १७ गत्ते पाँच बर्षको वैदेशिक रोजगारीबाट आफ्नो जन्मभुमि फर्किएका महरा एका एक बेपत्ता भएका छन ।
अठार गत्ते बिहान ७:३० बजेको गाडीमा श्रीमती संग साउदी देखि मेरो साथीहरूले पैसा बैंकमा हाल्दिएका छन् निकाल्न जान्छु भनेर छोरी साबित्रा महरा संग पुर्वी रोल्पाको निकैनै चर्चित ब्यापारी केन्द्र सुलिचौर बजार गएका महरा आजसम्म पनि घर फर्केका छैनन् ।
छोरिसंग सुलिचौर बजार स्थानीय समय अनुसार ९:१५ बजेतिर पुगेका थिए,पुगिसकेपछी छोरिलाइ तिमी आफुलाइ राम्रोसँग औसधि उपचार गरेर बसपार्क तिर आउ म” बैंकमा गएर पैसा निकालेर आउछु भनेर छोरी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरतिर आफुलाइ उपचार गराउन लागिन् बाउ बैंक तिर पैसा निकाल्न हिडे,छोरी आफुलाइ उपचार गराए र बसपार्क तिरफर्केर बाबा लाई पर्खिरहेका थिए।
बाबा कतिबेला आउनुहुन्छ,भनेर हेर्दा हेर्दै दिउसोको ३:०० बजिसक्यो गाडी छुट्ने समय पनि भैसक्यो गाडिवालाले समय भयो बहिनी छिटो आउ भन्दै थिए एकैछिन पर्खिनुस मेरो बाबा अझै आउनुभको छैन ।आएपछी जाँउला भन्दै गाडीलाई पर्खाइन् ३:३० बजिसक्यो बाबा आउनुभएन अन्य प्यासेन्जरहरु सबै रिसाइरहेका थिए।त्यस्पछी बाबा न आएपछि म गाडिमा बसिसके झ्यालबाट चियाएर वरपर धेरै पटक हेरे तर बाबा लाई कहिकतैपनी मैले देखेन गाडिले हरण बजाइरहेको थियो,तर बाबाको कुनै अत्तोपत्तो लागेन ।
म घर पुगे आमा भाइ बहिनिहरुले खोइ बाबा आउनु भएन दिदि भनेर घरको वरपर हेरिरहेका थिए,आमाले पनि खोइ त नानी तेरो बाबा ? भनेर सोध्नुभयो मैले भने बाबा त आउनुभएन आमा मलाई अस्पताल पठाइएर म बैंकमा पैसा निकाल्न जान्छु भनेर जानुभको हो ।
त्यहाँ देखि आउनुभएन भेट पनि भएन आमा मेरो बाबा संग फोन गर्ने बाबाको मोबाइलमा नेपालको सिम पनि हाल्नु भको छैन म त पर्खेर हैरान भएर गाडी चल्ने समय भैसक्यो अनि म मात्र आए आमा भनेर छोरी साबित्रा महराले आमा संग भक्कानिएर भनिन् ।
त्यसपछि १९ गत्ते बिहान श्रीमती ८ बर्षको छोरा र छोरी साबित्रा महरा इलाका प्रहरी कार्यलय सुलिचौरमा आफ्नो श्रीमान कुमार महराको खोजीको लागि निवेदन गरेर रुदै घर फर्केकी थिइन् ।
आज एकहप्ता पुगिसक्यो,अझैसम्म मेरो श्रीमानको कुनै अत्तोपत्तो लागेको छैन,भन्दै उज्यालो नेटवर्क अन्लाईन रोल्पा लाई जानकारी गराएकी छिन् ।
कोहि कसैले कहिकतै देख्नुभएमा अथवा भेट्नुभएमा तलदिएको सम्पर्क नम्बरमा जानकारी गराइदिनु होला ।अथवा नजिकैको प्रहरी कार्यलयमा जानकारी गराउनु होला ।
सम्पर्क नं.9762438581