फुट्यो जसपा, ७ सांसद र ३० केन्द्रीय सदस्यसहित अशोक राई पुगे निर्वाचन आयोग

उज्यालो प्रतिनिधि २३ बैशाख २०८१, आईतवार मुख्य नेटवर्क

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भई नयाँ पार्टी गठनका लागि संघीय परिषद् अध्यक्ष अशोक राइले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

सात सांसदसहित ३० जना केन्द्रीय सदस्यको नामावली र पहिलो बैठकको निर्णय राईले आयोगमा बुझाएका छन्।

राईको अध्यक्षतामा बनेको नयाँ दलको नाम जनता समाजवादी पार्टी राखिएको छ। सहअध्यक्ष रेणुकुमारी यादव बनेकी छन्।

नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र शुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष बनाइएको छ। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ।

सांसद समेत रहेका प्रदीप यादव उपमहासचिव छन्।

नयाँ पार्टीको पहिलो बैठक बसेको माइन्युट पनि आयोगमा पेश गरिएको छ।

हस्ताक्षर गरेका ७ जना सांसद आयोग कार्यालयमा पुगेका छन्। डा. वीरेन्द्र महतो कोषाध्यक्ष बनाइएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार