नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

उज्यालो प्रतिनिधि १२ चैत्र २०८०, सोमबार खेल

काठमाडौँ  ।   नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड ‘ए’सँग दिउँसो १ बजे खेल खेल्ने छ । यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड ‘ए’सँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आयरल्याण्ड ‘ए’सँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार