काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रस्तुति रमपप १४ औं विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८० मा ‘सर्वोत्कृष्ट रचना सुगम संगीत’ तर्फ ‘ सँग सँगै बांचौला’ गीतबाट अवार्ड सत्यराज चौलागाइले प्राप्त गरेका छन । यस्तो साथी तिम्रो बन्छु म, तिम्रो स्वर मा स्वर मिलाई, तिमी साथ हुँदा, माया तिमी सँगै, यात्रा, सपना बनेर, सपनीमा गीतहरु चौलागाईको हिट लिस्टमा पर्छन ।
सागर खनाल र निमा डोल्मा लामाको अभिनय रहेको ‘ सँग सँगै बांचौला’ गीतमा सरोज पोखरेलको सङ्गीत छ भने स्वर सुगम पोखरेल र मेलिना राइले दिएका छन । अवार्ड प्राप्त गरेपछी प्रतिकृया दिदै चलचित्र निर्देशक एबम गीतकार चौलागाइले आफुलाई थप काम गर्न हौसला मिलेको र जिम्मेवारी थपेको महशुस भएको बताए ।
सत्यराज चौलागाइलाई ‘सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो निर्देशक’ अवार्ड






