गाडिएको अवस्थामा बालकको शव, बुवाआमा पक्राउ

उज्यालो प्रतिनिधि २५ फाल्गुन २०८०, शुक्रबार समाचार
वीरगञ्ज(पर्सा)   ।    छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएले र घटनाको अनुसन्धानका लागि उनलाई र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राससलाई जानकारी दिए । शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार