नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०८०, मंगलवार समाचार
राँझा( बाँके)  ।   बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ ।
यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए । “विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा राजस्व सङ्कलनमा कमी भए पनि गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व सङ्कलन हुँदै आएको छ”, देवकोटाले भने, “यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाएका छौँ ।”
नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको उनले जानकारी दिए। गाउँपालिका–२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो ।
नदीजन्य पदार्थको समयमै ठेक्का सम्झौता भएकाले चोरी–निकासीको समस्या कमी भएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । विगतमा नदीजन्य पदार्थको चोरी–निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्दीको निरीक्षण, अनुगमन गर्ने कार्य गरेको उल्लेख गर्दै उनले गाउँपालिका क्षेत्रमा भएका प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी गाउँपालिकालाई समृद्ध गर्नतर्फ आफू अग्रसर भएको बताए।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार