अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०८०, सोमबार समाचार
काठमाडौँ  ।   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा यो दिवसका रुपमा मनाउन आग्रह गरेको हो ।
मन्त्रालयले तीनै तहका सरकार, शैक्षिक संस्था, सामाजिक तथा निजी सङ्घसंस्था, नागरिक समाजलगायत सबै सरोकारवाला निकायलाई रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी दिवस मनाउन आह्वान गरेको छ ।
यही फागुन २५ गते ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइने भएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार