विराटनगर महानगरपालिकाद्वारा ज्येष्ठ नागरिकको घरमै नि : शुल्क स्वास्थ्य सेवा

उज्यालो प्रतिनिधि २१ फाल्गुन २०८०, सोमबार समाचार

मोरङ । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम आजदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।

महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण हस्तान्तरण गरे। नगरका प्रत्येक वडामा दुई नर्सिङ कर्मचारीलाई ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा परामर्शका लागि खटाइएको छ ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह, अक्सिजनको तहको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । सम्बन्धित वडाका महिला स्वयंसेविका परिचालन गरिनेछ ।

हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ । घरमा जाँदा बिरामीलाई अस्पताल प्रेषण गर्नुपरेमा महानगरको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

प्रमुख कोइरालाले आम विराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरुप निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जनाउँदै स्वास्थ्यकर्मीलाई अनुशासित र जिम्मेवारपूर्वक ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा लाग्न निर्देशन दिए ।

उपप्रमुख कार्कीले यस कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न आग्रह गरे । महानगर क्षेत्रभित्र दुई हजार तीन सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेकामध्ये सबैभन्दा बढी वडा नं ३ मा तीन ९० र सबैभन्दा कम वडा नं १८ मा २४ जना रहेको महानगरको तथ्याङ्कमा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार