सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्या : सीईओ दाहाल

उज्यालो प्रतिनिधि १६ फाल्गुन २०८०, बुधबार समाचार

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशबप्रसाद दाहालले सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्या देखिएको बताएका छन् । बागमती प्रोस्कूनले बुधबारदेखि आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा कार्यपत्र प्रस्तुत गर्दै दाहालले एउटा सहकारीमा समस्या उत्पन्न हुँदा छिमेकी सहकारीमा पनि समस्या देखिएको धारणा राखे । ‘सहकारीमा वर्तमान समस्याका कारणहरू’ विषयकमा कार्यपत्र प्रस्तुत गर्दै दाहालले निजी व्यवसायसरह एकाघर सदस्यहरू, व्यवस्थापक तथा पदाधिकारी बन्दा सहकारी संस्थाहरूमा समस्या देखिएको बताए । दाहालले पल्र्स अनुगमन प्रणालीलाई अंहगिकार गर्न, सदस्यको बचतलाई गैर सहकारी क्रियाकलापमा लगानी गर्दा, संस्थाहरू अन्धाधुन्ध दर्ता हुँदा र कमजोर नियमन प्रणाली हुँदा सहकारीमा समस्या देखिाएको स्पष्ट पारे ।

‘सहकारीमा बाह्य कारणले पनि प्रभाव पारेको छ, राज्यले कानुन कार्यान्वयनमा सुस्तता देखाउँदा पनि केही समस्या देखियो, गलत गर्नेलाई राजनीतिक संरक्षण हुँदा र गलत गर्नेलाई समयमै कारबाही नहुँदा समस्या बल्झिएको हो’, उनले भने ।यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सदस्य धेरै बनाउने, वित्तीय विवरणलाई ठूलो बनाउने अभ्यास बढाउँदा अहिलेको समस्या सिर्जना भएको धारणा राखे ।
दाहालको कार्यपत्रमा टिप्पणी गर्दै अधिकारीले सहकारीको सुदृढिकरणका लागि सबै संघ संस्थाहरूले सहकार्य गर्नु पर्ने पनि बताए । बचत तथा ऋण सहकारी संस्थाहरूले सहकारीका सैद्धान्तिक पक्षहरूलाई मात्रै जोड नदिई वित्तीय मापदण्डलाई समेत प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

‘सहकारीहरू सामाजिक मान्यतासँग जोडिएका छन्, सहकारीकर्मीबीच एकता र सहकार्य हुन नसक्दा एकअर्काबीच विश्वासको वातावरण हुन नसक्दा अभियान नै कमजोर बन्यो,’ उनले भने ।उनका अनुसार सहकारी संस्थाले सामाजिक र साँस्कृतिक कामलाई प्राथमिकता नदिएर वित्तीय कारोबारमा मात्रै ध्यान दिँदा समस्या उत्पन्न भएको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार