कृषि विकास बैकको वार्षिकोत्सवमा फुटसल खेल सन्चालन

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०८०, आईतवार खेल

काठमाडौं ।  कृषि विकास बैक लि.को ५७ औं वार्षिकोत्सब तथा कृषि विकास बैक कर्मचारी युनियन, नेपालको दोस्रो स्थापना दिवसको उपलक्ष्यमा बैकको अन्तर प्रदेश (महिला/पुरुष) तथा अन्तर संस्थान फुटसल (पुरुष) प्रतियोगिताको आज (२०८०/११/०६) समुद्घाटन भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको थियो ।

यसअघि बैकका प्रमुख कार्यकारी अधिकृत गुरुङ र कर्मचारी युनियनका अध्यक्ष जानुका पौडेलले संयुक्त रुपमा प्रतियोगितामा विजयी खेलाडीहरुलाई वितरण गर्ने ट्रफीहरुको अनावरण गर्नुभएको थियो । उद्घाटनपछिको सुरुको खेल बैक ब्यबस्थापन र बैकमा कृयाशील ट्रेड युनियनहरुका बीच सम्पन्न भएको थियो । उक्त मैत्रीपूर्ण खेलमा बैक ब्यवस्थापनलाई युनियनले २ को बिरुद्ध ६ गोल गरी पराजित गरेको थियो ।

त्यसपछिका खेलमा विभिन्न १४ पुरुष र ६ महिला गरी २० टिमले प्रतिष्पर्धा गरेका थिए । तीन दिनसम्म चल्ने प्रतियोगिता कृषि विकास बैक कर्मचारी युनियनले आयोजना गरेको हो । प्रतियोगिता भृकुटीमण्डपस्थित फनपार्कमा संचालन भइरहेको छ ।

विभिन्न रचनात्मक कार्य गरिरहेको यो युनियनले यसअघि लोकसेवाले लिने कृषि विकास बैकको परीक्षा तयारी अनलाइन कक्षा नि:शुल्क रुपमा चलाउनुका साथै परीक्षा उपयोगी स्मारिका “बैंकिङ सन्देश” समेत प्रकाशनमा ल्याएको छ । यसले धेरै परीक्षार्थीहरु लाभान्वित भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार