मन्त्री मोदी दक्षिण कोरिया प्रस्थान

उज्यालो प्रतिनिधि १८ असार २०८०, सोमबार समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी दक्षिण कोरिया प्रस्थान गरेका छन् ।

दक्षिण कोरियाको बुसान सहरमा मंगलबारदेखि आयोजित ग्रामीण विकास सम्बन्धी बैठक (Global saemaul undong ministerial meeting 2023)मा सहभागी हुन मन्त्री मोदी त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा विश्वका ४६ देशका प्रतिनिधिसहित ३१ वटा देशका मन्त्रीहरु सहभागी हुँदैछन् ।

बैठकमा सबै देशका मन्त्रीहरुले आआफ्नो देशको ग्रामीण विकासबारे धारणा राख्नेछन् । मन्त्री मोदीले नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्नेछन् । नेपालको ग्रामीण विकासको अवस्था, चुनौती र सम्भावनाका विषयमा मन्त्री मोदीले आफ्नो धारणा राख्नेछन् ।

कोरियास्थित् आन्तरिक तथा सुरक्षा मन्त्रालयाको सहकार्यमा यो कार्यक्रम कोरिया ग्रामीण विकास केन्द्र (korea saemual undong center)ले आयोजना गरेको हो ।

दक्षिण कोरियाको दोश्रो ठूलो सहरको रुपमा स्थापित बुसानमा भएका विकास निर्माणबारे पनि मन्त्री मोदी लगायतले अनुगमन गर्ने कार्यतालिका छ ।यो कार्यक्रम शुक्रबारसम्म जारी रहनेछ । मन्त्री मोदी शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार