देश बनाउन सबैको हातेमालो चाहिन्छ : मन्त्री मोदी

उज्यालो प्रतिनिधि ५ असार २०८०, मंगलवार समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले देश बनाउन सबैको हातेमालो चाहिने बताएका छन् ।

मन्त्रालयबाट आयोजित् मन्त्री मोदीले अध्यक्षता गरेको कर्मचारीको नवीन सोच प्रस्तुतीका लागि प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “कोही एक्लैले यो देश बनाउन सक्दैन, देश बनाउन सबैको हातेमालो चाहिन्छ ।” मन्त्री मोदीले नवीनतम सोचका साथ आफूले मन्त्रालयको नेतृत्व सम्हालेकाले नयाँ ढंगबाट कर्मचारी प्रशासनलाई अगाडि बढाउनेगरी कार्ययोजना निर्माण भइरहेको बताए । बदलिँदो परिवेशअनुसार सेवा प्रवाहलाई अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, “नवीनतम सोच र प्रयोगबाट सेवा प्रवाहलाई सरलीकृत बनाउनुपर्ने आजको आवश्यकतालाई निजामती प्रशासनले अंगीकार गर्न जरुरी छ ।”

सुशासनका पक्षमा दूरगामी निर्णयहरु भएको औल्याउँदै मन्त्री मोदीले संघीय निजामती ऐनका सबै काम सकेर सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पठाएको, निमित्त हटाउने अभियान तीव्रताका साथ अगाडि बढाएको, नियमित बढुवा र लोकसेवाबाट आएका शाखा अधिकृत र उपसचिवलाई स्थानीय तहमा खटाएको, सबै मन्त्रालयका अतिरिक्त कर्मचारीको विवरण मागेको र खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाई खटाएको ठाउँमा हाजिर गराएको समेत उल्लेख गरे ।

समयमा सेवा प्रवाह नपाउँदा नागरिकमा गुनासो बढिरहेकाले नागरिकलाई सहज र सरल ढंगबाट सेवा प्रवाह दिने सन्दर्भमा ध्यान दिन आवश्यक रहेको समेत मन्त्री मोदीको भनाई थियो । प्रतिभा डबलीमा प्रस्तुत भएका उत्कृष्ट १० प्रतिष्पर्धीहरुको क्षमता र नवीनताको सोचको प्रशंसा गर्दै मन्त्री मोदीले भने, “विभिन्न प्रतिभाहरुको खोजी गरेर निजामती प्रशासन सेवालाई सुधार गर्न प्रस्तुत गर्नुभएको नवीनतम सोचको म प्रशंसा गर्न चाहन्छु, तपाईहरुको यो नवीन सोचले कर्मचारी प्रशासनको सुधार र मुलुकको विकासमा टेवा पुर्याउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।”

नवीन सोचको कार्यान्वयन नभएसम्म मुलुकले सही दिशा समात्न नसक्ने समेत मन्त्री मोदीले बताए । उनले थपे, “सम्माननीय प्रधानमन्त्री सुशासन कायम गर्नका लागि भ्रष्टचारको विरुद्धमा लागिरहनुभएको छ । यो अभियानको हामी सहयात्री बन्न आवश्यक छ ।”

उत्कृष्ट १० बाट छानिए ३ उत्कृष्ट
यसैबीच कर्मचारीको नवीन सोच प्रस्तुतीअन्तर्गत प्रतिभा डबलीमा छानिएका उत्कृष्ट १० मध्ये ३ जना उत्कृष्ट प्रतिभा छानिएका छन् ।

उत्कृष्ट १० जनाले दिएको अन्तिम प्रस्तुतीका आधारमा उत्कृष्ट ३ छानिएका हुन् । जसअनुसार स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा थ्रिडी मोडलको प्रस्ताव गर्ने मोहराज पौडेल प्रथम, डिजिटल प्रविधिबाट स्थान पत्ता लगाउने इनोभोसन प्रस्ताव गर्ने रामदत्त भट्ट द्धितिय र सरकारी सेवा ट्रयाकिङ प्रणालीमा इनोभोसन गर्न प्रस्ताव गर्ने रविचन्द्र पौडेल तृतीय बनेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार