झापाका नदीनाला बेहुलीझैँ सिङ्गारिए

उज्यालो प्रतिनिधि १३ कार्तिक २०७९, आईतवार १ नं. प्रदेश

झापा । झापाका नदीनाला बेहुलीझैँ सिङ्गारिएका छन् । आज साँझका अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने तराईवासीको मुख्य चाड छठ पर्वका लागि नदीनाला सिङ्गारिएका हुन् ।

 

जिल्लाका ठूला नदी मेची, कनकाइ माई, विरिङ्ग, रतुवा, निन्दा, मावोलगायतमा पूजाका लागि १० हजार बढी पूजा स्थल ९घाट० निर्माण गरिएको छ । हरेक नदी नालामा घाट व्यवस्थापन, बिजुली बत्ती जडान, पण्डाल निर्माण र सरसफाइलगायतका काम पूरा भएका छन् ।

नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुर–५ स्थित मेची नदी किनारमा प्रदेश नं १ कै सबैभन्दा ठूलो छठ पर्व हुने गरेको छ । जसलाई व्यवस्थित, भव्य र सभ्यरूपमा सम्पन्न गर्नका लागि मैथिली समाज र युनिक समूह भद्रपुर सामूहिकरुपमा लागिपरेका छन् ।

भारतको बङ्गाल तथा विहार गरी दुईवटा राज्यसँग जोडिएको मेची नदीमा मनाइने छठ पर्वका लागि करिब डेढ किलोमिटर क्षेत्रमा पाँच हजार बढी पूजा स्थल निर्माण गरिएको मैथिली समाजका अध्यक्ष रमेशचन्द झाले जानकारी दिए । उनका अनुसार नदी किनारमा अस्थायी बाँसे पुल निर्माण, खानेपानीको व्यवस्था, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क निर्माण गरिएको छ ।

यूनिक समूहले निर्माण गरेका घाटमध्ये २० वटा गरिब तथा विपन्न परिवारका लागि निःशुल्क उपलब्ध गराइने समूहका निवर्तमान अध्यक्ष नारद राजवंशीले बताए । समूहले निर्माण गरेको १० फुट घाटको रु एक हजार पाँच सय लिएर बर्तालुलाई दिने गरेको उनको भनाइ छ । मेची नदी किनारको सुरक्षालाई व्यवस्थित बनाउनका लागि सुरक्षाकर्मीसँगै दुई सय बढी म्यादी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी कनकाई नगरपालिकास्थित बिरिङ खोलाको किनारमा छठ पूजा लागि चार सय घाट निर्माण गरिएको छ । आजै छठ समाज सेवा समितिले भारतीय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ । समितिका सचिव तथा घाट व्यवस्थापन समिति संयोजक शङ्कर भगतले पूजा स्थलमा एम्बुलेन्ससहित हेल्प डेस्क राखिएको बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार