देवघाटका बोटे परिवारको नि:शुल्क स्वास्थ्य बीमा

उज्यालो प्रतिनिधि ३० आश्विन २०७९, आईतवार समाचार

दमौली । तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुवात गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिए बमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो ।

 

गाउँपालिकाले वडा नम्बर ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए । यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ । “पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बीमा गरेर बीमा कार्ड हस्तान्तरण गरेका छौ,” उनले भने, “क्रमशः सबै परिवारको बीमा गरिनेछ ।”

गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् । साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । “सबै वडामा अल्पसङ्ख्यक परिवारको तथ्याङ्क सङ्कलन भइरहेको छ,” उनले भने ।

आर्थिक रुपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडी बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए। गाउँपालिकाले अल्पसङ्ख्यक जातिको पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरेको छ । गाउँपालिकाले सीमान्तकृत तथा आर्थिक सामाजिक रुपले पछाडी परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि रु चार लाख बजेट विनियोजन गरेको थापाले बताए।

पाँच जनासम्म सदस्य रहेको परिवारको बीमाका लागि वार्षिक रु तीन हजार पाँच सय शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा माथि भए प्रति रु सात सयका दरले रकम बुझाउनुपर्ने प्रावधान छ । गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिन थालेपछि अल्पसङ्ख्यक जातिका व्यक्ति खुशी भएका छन् ।

जिल्लाका अन्य स्थानीय तहले पनि विपन्न परिवारको स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन् । सदरमुकामस्थित व्यास नगरपालिकाले नगरवासीको स्वास्थ्य बीमा गरिदिने भएको छ । विपन्न नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बीमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फबाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए।

आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयको प्राथमिक तह अन्तर्गतका निश्चित वर्गका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने विपन्न बालबालिकाका अभिभावकको स्वास्थ्य बीमा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

बन्दीपुर गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

आर्थिक रुपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्य सहित गाउँपालिकाले गत दुई वर्षदेखि स्वास्थ्य बीमामा सहयोग गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनौट गरी गाउँपालिकाले नै बीमा गरिदिने जनाइएको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको थापाले बताए । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भएपनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार