सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

उज्यालो प्रतिनिधि २७ आश्विन २०७९, बिहीबार समाचार

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने गरी यही असोज ३१ गतेसम्म म्याद थप गर्नका लागि अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि यही असोज २० गतेदेखि आजसम्मका लागि म्याद दिइएको थियो ।
प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा माग गरेकामा न्यायाधीश सूर्यबहादुर थापाले अभियुक्तको अनुसन्धान छिट्टै सकेर सरकारी वकिललाई बुझाउन र मुद्दा चाँडै दायर गर्न निर्देशन दिनुभएको अधिवक्ता सुवास पाठकले जानकारी दिए। यसअघि पहिलो पटक म्याद दिँदा अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएकीले नाबालिका नभएको समेत न्यायाधीशसमक्ष जिकिर गर्नुभएको थियो ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते उहाँलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार