प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

उज्यालो प्रतिनिधि २१ भाद्र २०७९, मंगलवार समाचार

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट–सुस्तापूर्व)ले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना३ख ५१६८ नंको ट्रकबाट रु एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो । उक्त ट्रकमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल बरामद गरिएको उनले जानकारी दिए । बरामद सामान, ट्रक र ट्रकचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको पाठकले बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार