बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया सुरु

उज्यालो प्रतिनिधि १६ भाद्र २०७९, बिहीबार समाचार

रुपन्देही । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयारीका लागि सम्झौता भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए।

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनःनिर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढाउने उनले बताए। कोषको ९० प्रतिशत लगानी र उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुने गरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाइ छ ।

परामर्शदाता कम्पनीले चार महिनाभित्र बहुतले पार्किङको ‘डिजाइन स्टिमेट’ र बोलपत्र ‘डकुमेन्ट’समेतको काम गर्ने सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए । बुटवलमा बढ्दो सहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने उपमहानगरपालिका प्रमुख पाण्डेयले बताए । उनले भने “बुटवलमा बहुतले पार्किङ भवन आवश्यक भएकाले संयुक्त लगानीमा भवन निर्माण हुने छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार