काठमाडौं । सामसङ ए सिरिजको सामसङ ग्यालेक्सी ए १३ नेपाली बजारमा छिट्टै सार्वजनिक हुने भएको छ ।
ग्यालेक्सी ए १३ मा लामो समयसम्म चल्ने ब्याट्री, सुन्दर चार वटा लेन्स भएको क्यामेरा र आकर्षक एज–टू–एज डिस्प्लेको रहेको छ । यी सबै सुविधाहरूले ए१३ लाई कन्टेन्ट बनाउनेहरूका लागि र विशेषगरी नयाँ उदयमान प्रतिभाहरूका लागि उपयुक्त हुने कम्पनीले बताएको छ।
यसको शक्तिशाली मल्टि-क्यामेरा प्रणालीले तस्बिर र भिडियोहरू खिच्न धेरै सुविधाज दिन्छ। यसको स्टोरेज वृद्धिले यो फोनलाई एक उत्कृष्ट सदस्य बनाउँछ। सम्पादन गर्ने काम वा टिकटक स्क्रोल गर्न सहज बनाउँछ। आफ्नो फोनमा लोड गर्ने सबै डाटा र सबै फाइलहरूको सुरक्षाको बारेमा पनि चिन्ता गर्नु नपर्ने कम्पनीले जनाएको छ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।