‘जनता नगरपालिकामा हैन नगरपालिका जनता कहाँ’

उज्यालो प्रतिनिधि १२ भाद्र २०७९, आईतवार समाचार

बागलुङ । बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ । ‘जनता नगरपालिका होइन नगरपालिका जनता कहाँ’ भन्ने मूल नाराका साथ नगरपालिकाले सय दिनमा एक हजार ५०० जनालाई गाउँमै पुगेर सेवा दिएको हो ।

 

नगरपालिकाले घुम्ती सेवा शिविरको आयोजना गरेर नगरपालिकाको सबै सेवा वडा–वडामा पु¥याउँदा जनतामा उत्साह छाएको हो । बागलुङ नगरपालिकाले सय दिनमा ठूला आयोजनाको समन्वय, फोहर व्यवस्थापन, पार्किङ व्यवस्थापनका लागि पहलदेखि नगरपालिकाका मुख्य सेवा गाउँमै पु-याउन सफल भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले निर्वाचनका बेला कल्पना गरेका योजना सय दिनभित्रै कार्यान्वयनको चरणमा पुगेकाले जनतामा सकारात्मक प्रभाव पार्न थालिएको बताए । नगरपालिकाले सय दिन पूरा भएको अवसरमा सार्वजनिक गरेको उपलब्धि ३२ बुँदामा उल्लेख गरेको छ ।

सो अवधिमा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगति गरेसँगै नगरपालिकाको सदरमुकाम केन्द्रित सेवा गाउँमा पु¥याएको विषयलाई बढी जोड दिएको जनाइएको छ । नगरपालिकाले घुम्ती सेवा शिविरमार्फत नगरका दुर्गम वडा रायडाँडा, भकुण्डे, अमलाचौर, पैयूँपाटा र नारायणस्थानमा नगरका पाँच मुख्य सेवा प्रदान गरिसकेको र अन्य वडामा समेत लगत्तै सेवा दिने जनाएको छ । नगरपालिकाले असारमा मात्रै विकासे योजना सम्पन्न गर्ने परिपाटीको अन्त्यका लागि भदौमै योजना सम्झौता थालेको छ । नगरपालिकाले पहिलो चरणमा बागलुङ नगरपालिका–११ रायडाँडा र १० नम्बर वडाको भुकण्डेमा घुम्ती सेवा शिविर आयोजना गरेको थियो । यस्तै दोस्रो चरणमा नगरपालिकाको १२, १३ र १४ वडामा सो सेवा पु¥याइएको छ ।

दुई चरणमा पाँच वटा वडामा दिएको स्वास्थ्य शिविर, योजना सम्झौता, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण र वित्तीय साक्षरता प्रदानबाट एक हजार ५०० सेवाग्राही लाभान्वित भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । “जनताको थुप्रै अपेक्षाका बीच नगरपालिकाले सय दिनमा केही सकरात्मक प्रभाव छोड्न सफल भएको छ, नागरिकलाई योजना सम्झौता गर्न, बैंक खाता खोल्न समस्या थियो, हामीले एक मुष्ठ सेवा सबै वडामा लगेका छौँ १४ मध्ये ५ वडामा सम्पन्नसमेत गरिसकेका छौँ”, नगरप्रमुख श्रेष्ठले भने “अब जनता नगरपालिकामा धाउने हैन नगरपालिका जनताकोमा धाउने गरी कामको थालनी गरेका छौँ ।” अब नगरपालिकाको सामान्य सेवा लिन सदरमुकाम आउनुपर्ने बाध्यताको अन्त्य गरी वडाबाटै धेरै सेवा लिनेगरी काम थालनी भइरहेको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडास्थित दुर्गा सापकोटाको बुबाआमा र दुई भाइले पहिलो पटक घुम्ती शिविरमा अपाङ्गता परिचयपत्र प्राप्त गरेका थिए । नगरपालिकाले उनी जस्तै एक सय ६७ जनालाई अपाङ्गता परिचयपत्र वितरण र नवीकरण गरेको छ । अपाङ्गता परिचयपत्र वडामै पहिलोपटक पाउँदा खुसी लागेको मात्रै छैन सापकोटालाई बल्ल नजिकको सरकार भएको आभास भएको छ । नगरपालिकाले हालसम्म वडामै पुगेर ९३ योजना सम्झौता, आठ सय ६९ जनाको स्वास्थ्य परीक्षण, २३ जनाको यौन रोग, दुई सय ७८ जनाको कोरोना परीक्षण, तीन सय ५१ जनाको आँखा परीक्षण, १२ जनाको मलेरिया परीक्षण र ११ वटा टोल विकास संस्थासमेत गठन गरेको बागलुङ नगरपालिकाका उपप्रमसख राजु खड्काले बताए ।

नगरपालिकाले कानुन बमोजिम नगरपालिकाको मुख्य जिम्मेवारीलाई पाँच वटा विषयगत समिति गठन गरी कार्य जिम्मेवारी बाँडफाँट गरिएका, १० लाख सम्मका योजना तथा कार्यक्रमको अनुगमन वडास्तरीय अनुगमन समितिबाट अन्तिम अनुगमन गरी भुक्तानी हुने गरी वडातहलाई जिम्मेवार बनाइएको, नगरप्रमुखसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखले उपलब्धि सूचकसहितको कार्यसम्पादन सम्झौता गरी कार्यसम्पादन गर्ने पद्धतिको सुरुआत गरिएको, नगरको वास्तविक अवस्थाको चित्रणसहितको ३८ बुँदे श्वेतपत्र सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ । यस्तै सय दिने उपलब्धि अनुसार स्वीकृत योजना समयमै कार्यान्वयन गरी नतिजा हासिल गर्ने उद्देश्यका साथ २०७९ मङ्सिर मसान्तभित्र योजना तथा कार्यक्रम सम्झौता हुने गरी स्वीकृत बजेटमा नै नीतिगत व्यवस्था गरेको, बागलुङ बजार क्षेत्रको पार्किङ व्यवस्थापन, सडक एवं चोक सुधार, अव्यवस्थित तार व्यवस्थापनमा समन्वय थालेको, मालढुङ्गा देखि गणेशथान घुम्तीसम्म सोलार बत्ती जडान, पाँच हजार दुई सय ३५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ ।

विद्युतीय प्रणालीबाट भुक्तानी दिन थालिएको, बागलुङ नगरपालिकाको व्यवस्थित कार्यालय भवन व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका पदाधिकारी र विभिन्न निकायसँग औपचारिक अनौपचारिक छलफल एवं बैठक गरी समस्या समाधानको लागि पहल गरिएको, दावगरा बसपार्क सञ्चालन सम्बन्धमा देखिएका समस्या समाधान गरी सकेसम्म छिटो बसपार्क सञ्चालनका गर्न कार्यदल गठन भएको, सिगाना स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्न थालिएको लगायतका उपलब्धि हासिल गरेको जनाएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार