रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न

उज्यालो प्रतिनिधि २८ श्रावण २०७९, शनिबार समाचार

रुकुम । रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो । रुकुमगाड खोलाबाट पाँच मेगावाट विद्युत् उत्पादन गरिँदै छ ।

 

विद्युत् आयोजना निर्माणको काम राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको छ । अहिलेसम्म जलविद्युत संरचना निर्माणको सबै काम सकिएको छ भने पाइपलाइन विस्तारको काम ९५ प्रतिशत सकिएको छ । प्रसारणको काम करिब अन्तिम चरणमा रहेको परियोजनाका सहायक प्रबन्धक रिक्की क्षेत्रीले जानकारी दिए । उनका अनुसार सिभिल संरचना निर्माणको काम सकिएको छ । विद्युतगृह निर्माणको काम पनि अन्तिम चरणमा छ ।

लागत खर्च रु एक अर्ब ३० करोड रहेको आयोजनाले जनाएको छ । सन् २०१८ बाट काम सुरु भएको यस आयोजनालाई आगामी मङ्सिर मसान्तभित्र पूर्णता दिने गरी काम भइरहेको सहायक प्रबन्धक क्षेत्रीले बताए । बीचमा कोभिडको कारण काममा केही असर परेको थियो । उनले मङ्सिर मसान्तभित्र आयोजनाको काम सकेर हस्तान्तरण गर्ने योजनाका साथ काम गरिरहेको बताए । रुकुमपूर्वमा उत्पादन गरिएको पाँच मेगावट विद्युत् रुकुम पश्चिमका धैरेनीचौरमा रहेको सबस्टेसनमा जोडेर त्यहाँबाट वितरण गरिने छ । यसको तयारी पनि भइसकेको आयोजनाले जनाएको छ । आयोजनाले पूर्णता पायो भने रुकुम पूर्व जिल्लासँगै रुकुमपश्चिममा पनि विद्युत् सेवा नियमित हुनेमा आफू आशावादी रहेको सिस्ने गाउँपालिका–५ का टीका पुन शाहले बताए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार