प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

उज्यालो प्रतिनिधि २२ श्रावण २०७९, आईतवार समाचार

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकी छन् ।

 

प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेयकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेको जानकारी दिइन् । समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको पनि उनले जानकारी दिइन् । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको थियो ।

यस्तै सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरेका थिए । बैठकमा उपसभामुख पुष्पा भुसाल गौतमले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १८ गते मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी थिइन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार