काठमाडौं । रुसले गुगललाई लगभग ३६ करोड ५० लाख अमेरिकी डलरको जरिवाना तोकेको छ । रोयटर्सका अनुसार रूसी संचार नियामक रुस्कोम्यान्डजोरले यट्युबले निषेधित सामग्री हटाउने आदेशको पालना नगरेको बताएको छ । चरमपन्थ र आतंकवादलाई बढावा दिने एवं युक्रेन युद्धको बारेमा कथित रूपमा गलत जानकारी भएका भिडियोहरु डिलिट नगरेको रुस नियामकको भनाइ छ ।
मार्चमा नियामकले युट्युबमा रहेका गैरकानूनी भिडियोहरू हटाउन असफल भएकोमा गुगललाई चार्ज गर्ने चेतावनी दिएको थियो । साढे ३६ करोड अमेरिकी डलर अर्थात् २१।१ अर्ब रूबल कम्पनीले त्यहाँ कमाउने पैसाको केही हिंस्सा हो । यद्यपि गुगलले वास्तवममै यो जरिवाना तिर्छ या तिर्दैन भन्नेबारे कुनै प्रतिक्रिया भने आएको छैन ।