अदालतबाट २० लाख जरिवाना भएका गिरी पक्राउ

उज्यालो प्रतिनिधि २३ असार २०७९, बिहीबार समाचार

काठमाडौँ ।  नेपाल प्रहरीले उच्च अदालतबाट रु २० लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ माघ ६ गतेको फैसलाअनुसार सात दिन कैद सजाय र रु २० लाख जरिवाना ठहर भएका उदयपुर त्रियुगा नगरपालिका घर भई हाल काठमाडौँको टोखामा बस्ने ६० वर्षीय केदार गिरीलाई आज सानेपाबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक्राउ परेका गिरीले आफ्नो प्रभु बैंक लिमिटेडको खातामा पर्याप्त मोज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर पैसा नभएको चेक दिएर बैंकिङ कसुर गरेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गिरीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता महतोले बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार