अन्तरिक्षबाट देखियो सूर्यग्रहणको अद्वितीय दृश्य, तीन महिनापछि पृथ्वीबाट देखिने

उज्यालो प्रतिनिधि १९ असार २०७९, आईतवार प्रविधि

काठमाडौँ ।  नासासँग यस्ता केही उपकरण छन् जसमार्फत् सूर्यलाई प्रत्यक्ष रुपमा देख्न सकिन्छ । अन्तरिक्षमा यस्तै एउटा विशेष उपकरणले आंशिक सूर्य ग्रहणको तस्बिर खिचेको छ । यो तस्बिर चन्द्रमा सूर्यको नजिकबाट यात्रा गरिरहेका बेला खिचिएको हो ।

 

नासाको सोलर डायनेमिक्स अब्जर्भेटरीले २४ घण्टा सूर्यमाथि निगरानी राख्छ । २९ जुनमा अब्जर्भेटरी र सूर्यबीच चन्द्रमा आयो जसको तस्बिर यसले खिचेको छ ।

ग्रहणको चरममा चन्द्रमाले सूर्यको ६७ प्रतिशत हिस्सा छोपेको थियो । सोलर डायनेमिक्स अब्जर्भेटरी(एसडीओ) ले अन्तरिक्षमा आफ्नो विशेष भिन्टेज पोइन्टबाट ग्रहणको तस्बिर खिचेको हो । यो ग्रहण पृथ्वीबाट देखिएको थिएन । पृथ्वीबाट ग्रहण २५ अक्टोबरमा देखिनेछ जुन अधिकांश युरोप, उत्तरी अफ्रिका, मध्य पूर्व र एशियाको पश्चिमी हिस्साबाट देखिनेछ ।

 

 

एसडीओले सौर्य गतिविधिले अन्तरिक्षको मौसमको निर्माण र सञ्चालन कसरी गर्छ, कोरोनल मास इजेक्सन (सीएमई) ले पृथ्वीमा सौर्य आँधी कसरी पैदा गर्न सक्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

यो सौर्य चक्रको शिखर गतिविधिबाट सूर्य अझै तीन वर्ष टाढा छ, जुन जुलाई २०२५ मा हुने अपेक्षा गरिएको छ । यद्यपि, यो पहिले नै केही तेज फ्लेयर्स, सनस्पट्स, सीएमई र यहाँसम्म कि हालमा भइरहेको दुर्लभ को–रोटेटिङ इन्टरेक्सन रिजन(सीआईआर) सँग असामान्य रुपमा सक्रिय छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार