कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड

काठमाडौँ । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रु दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे ।

सोही क्रममा महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गर्नुभएको थियो । समरोहमा प्रहरी महानिरीक्षक थापाले अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकले निर्वाह गरेको योगदानको प्रशंसा गर्दै कोभिड–१९ को सङ्क्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको स्मरण गरे । उनले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गरे । नेपाल प्रहरी अस्पतालको विद्यमान सेवालाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष सिर्जना थापाले अल्ट्रासाउन्ड र फिजियोथेरापीका लागि प्रयोग हुने यन्त्रउपकरण हस्पतान्तरण गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा सङ्घका पदाधिकारीले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण पनि गरेको थियो ।

आजै अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र नेपाल मेडिकल जर्नलको लोकार्पण गरिएको थियो ।

यस अवसरमा अस्पतालको सेवा प्रवाहमा अविस्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र प्रदान गरियो । अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर रहेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार