कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी

उज्यालो प्रतिनिधि १५ चैत्र २०७८, मंगलवार मुख्य नेटवर्क

कञ्चनपुर । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।

जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ । अन्यमा एक जना मतदाता रहेका छन् । पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले बढी छ । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ६६ हजार ६५० मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता लालझाडी गाउँपालिकामा १४ हजार १४ रहेका छन् ।

कृष्णपुर नगरपालिकामा ४० हजार ३३८, पुनर्वास नगरपालिकामा ३४ हजार ६३, बेलडाँडी गाउँपालिकामा १४ हजार ७३७ मतदाता छन् । बेलौरीमा ३४ हजार ५३९, दोधाराचाँदनीमा २६ हजार ८०३, वेदकोटमा ३२ हजार ७६० र शुक्लाफाँटा नगरपालिकामा ३१ हजार ४४८ मतदाता रहेका छन् ।

कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र रहेका छन् । सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २० मतदानस्थल र ७१ मतदान केन्द्र निर्धारण गरिएका छन् । बेलौरीमा १८ मतदानस्थल र ४२ मतदान केन्द्र, पुर्नवासमा १७ मतदानस्थल र ४० मतदान केन्द्र, दोधारा चाँदनीमा १६ मतदानस्थल र ३३ मतदान केन्द्र, कृष्णपुर नगरपालिकामा १५ मतदानस्थल र ४४ मतदान केन्द्र तोकिएका छन् ।

यसैगरी शुक्लाफाँटा नगरपालिकामा १४ मतदानस्थल र ३८ मतदान केन्द्र, बेदकोट नगरपालिकामा १५ मतदानस्थल र ३७ मतदान केन्द्र, लालझाडी गाउँपालिकामा नौ मतदानस्थल र १८ मतदान केन्द्र र बेलडाँडीमा आठ मतदानस्थल र १८ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

निर्वाचन अधिकृत को–कहाँ ?

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले कञ्चनपुरमा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृतमा मदनबहादुर धामीलाई नियुक्त गरिएको छ । आयोगले जिल्ला अदालतका न्यायाधीश धामीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । भीमदत्त नगरपालिकामा धामी र उच्च अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई कृष्णपुरमा खटाएको छ ।

पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशी, बेलडाँडी गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र केसीलाई निर्वाचन अधिकृत तोकेको छ । बेलौरी नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवक्ता तारासिंह धामी, दोधाराचाँदनीमा वैदेशिक रोजगार विभाग काठमाडौँका निर्देशक डम्बरबहादुर सुनवारलाई खटाएको छ ।

त्यस्तै लालझाडी गाउँपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कुलप्रसाद खनाल, बेदकोटमा जिल्ला अदालतका श्रेस्तेदार जयन्ती अवस्थी भट्ट, शुक्लाफाँटा नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत ताराप्रसाद जोशीलाई निर्वाचन अधिकृत बनाएको छ ।

सुदूरपश्चिममा १६ लाख बढी मतदाता

निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीअनुसार सुदूरपश्चिम प्रदेशको मतदाता सङ्ख्या १६ लाख ३२ हजार १५० रहेको छ । पुरुष मतदाताको सङ्ख्या आठ लाख ६६२, महिला मतदाताको सङ्ख्या आठ लाख ३१ हजार ४७० र अन्य १८ रहेको छ । सुदूरपश्चिम प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार १३५ र मतदान केन्द्रको सङ्ख्या दुई हजार १०२ रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार