काभ्रे । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोलागाउँपालिका वडा नं. ४ मा सुख्खा पहिरो आउँदा डोजरसहित अपरटेर र उपभोक्ता समितिका अध्यक्ष पुरिएका छन् ।
नेकपा माओवादी केन्द्र खानीखोला ४ का अध्यक्ष निशान मोक्तानका अनुसार त्यहाँस्थित जगथली–सिम्बले भन्ने स्थानमा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो।
मोक्तानका अनुसार डोजरले सडकको ट्र्याक खनिरहेको थियो।
उनका अनुसार डोजर अपरेटर र उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर स्याङतान पहिरोमा पुरिएका छन् ।
उद्धारका लागि प्रहरी चौकी ताल्ढुंगाका प्रमुख कैलाश कुमार श्रेष्ठको टोली घटनास्थलतर्फ लागिरहेको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।