दुवै मृर्गौैला फेल भएका रमितको अपिल, ‘आमाको मुहारमा खुसी ल्याउन बाँच्नु छ, प्लिज सहयोग गरिदिनुस्’

उज्यालो प्रतिनिधि २७ माघ २०७८, बिहीबार समाचार

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ निवासी रमित थिङको दुवै मृर्गौला फेल भएको पुष्टि भएको छ ।

निम्न आर्थिक अवस्था भएका उनको परिक्षणको क्रममा दुवै मृर्गौला फेल भएको पाइएको हो । महाभारत गाउँपालिका वडा नं. १ गोकुले, छोटेसहानका रमित अहिले २१ वर्षका भएका छन् ।

उच्च शिक्षा हासिल गरेका उनी घरको आर्थिक अवस्था उकास्नका लागि वैदेशिक रोजगारीका लागि विदेशिने तयारीमा िथए । रमितका बुवाको उनी गर्भमा हुँदै निधन भएको थियो । उनको दिदीको तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धको क्रममा निधन भएको थियो ।

उनी अहिले दुवै मृर्गौला प्रत्यारोपणका लागि पैसा जोहो गर्न लागि परेका छन् । नयाँ जीवनका लागि उनले दुवै मृर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह छ ।

आर्थिक अवस्था कमजोर भएका उनले आफ्नो मृर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोगका लागि अपिल गरेका छन् । ‘म नयाँ जीवन जिउन चाहन्छु, घर परिवारका लागि म बाँच्नुपर्छ, मेरो आमाको मुहारमा खुसी ल्याउन बाँच्नुपर्छ, जति सकिन्छ सहयोग गरिदिनुस्’ उनले गहभरी आँशु पार्दै भने ।

दुबै मृगौला प्रत्यारोपण गर्न २० देखि २५ लाख लाग्ने डाक्टरले बताएका छन् । उनलाई बिरामीको दाइ भिम बहादुर थिङमार्फत ९७४०७११६७३ मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार