नवलपरासी पश्चिममा १३ लाख बढीको अबैध समानहरु राजस्व दाखिला

उज्यालो प्रतिनिधि १६ माघ २०७८, आईतवार समाचार

रबिन्द्र यादव, नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा १५ दिनको अवधीमा करिब १३ लाख ८३ हजार मुल्य बराबरको अवैध मालसामानहरु प्रहरीले राजस्व दाखिला गरेको छ । यस अवधिमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै २ लाख ५८ हजार १ सय ३० मुल्य बराबरको साडी,सुट लगायतका बिभिन्न कपडा १५ सय किलोग्राम चिनी,२० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४ सय थान मोबाईल कभर लगायत बिभिन्न मालसमान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको हो ।

यसैगरी सामुदायिक वनबाट अबैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलोरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.एन. चोकबाट पक्राउ गरी कारवाहीको लागी सयपत्री सामुदायिक वन कार्यालय बर्दघाट पठाईएको हो ।

त्यसै गरि सरावल गाउँपालिका वडा नं. ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्थलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० किलोग्राम झ्याउ र २१८० किलोग्राम सुनाखरी नामक जडिबुटी बरामद गरि जिल्ला वन डिभिजन कार्यालय नवलपरासी बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार