लिदीमा पहिरोबाट विस्थापितका लागि अस्थायी आवास निर्माण

उज्यालो प्रतिनिधि २९ असार २०७८, मंगलवार समाचार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा पहिरोबाट विस्थापितका लागि अस्थायी आवास निर्माण गरिएको छ ।

पालमा बसिरहेको २८ परिवार र विपद्को जोखिममा रहेका अन्य घरपरिवारका लागि नेपाली सेनाले १३ वटा अस्थायी वासस्थान निर्माण गरेको हो ।
२०७७ साउन ३० गते सिन्धुपाल्चोक जुगल गाउँपालिका–२, लिदीमा पहिरोले क्षति गरेको थियो ।

सेनाले जुगल गाउँपालिका, नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइको सहयोगमा वासस्थान निर्माण गरिएको जनाएको छ ।

सेनाका अनुसार कुल ४५ वटा अस्थायी घर बनाउने योजना छ, त्यसका लागि सम्पूर्ण निर्माण सामग्री जुगल गाउँपालिकाले उपलब्ध गराएको छ । प्राविधिक सहयोग पुनर्निर्माण प्राधिकरणले गरेको र सेनाको दक्ष जनशक्तिसहितको ५१ जनाको टोली परिचालन गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार