काठमाडौं । एमाले अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानन्त्रीको रुपमा अन्तमपटक राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
खड्गप्रसादका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्रीको रुपमा खड्गप्रसादले राष्ट्रको नाममा सम्बोधन गर्नेछन् ।
सम्बोधनपछि खड्गप्रसादले सरकारी निवास बालुवाटार छाड्नेछन् । खड्गप्रसादको जारी कार्यकाल विवादको उत्कर्षमा पुगेर टुंगिएको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा सपथ खाँदैछन् ।






