ग्वार्काे चोकमा चार लेनको फ्लाइओभर बनाउने

उज्यालो प्रतिनिधि २९ असार २०७८, मंगलवार समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ । चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्काे चोकमा चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन्ने देखिएको हो ।

अबको २ वर्षभित्र फ्लाइओभर बनाई विभागलाई हस्तान्तरण गर्ने गरी निकालिएको टेन्डरमा नेपाली निर्माण कम्पनी मात्रै सहभागी हुन पाउनेछन् । अर्थात् ललितपुरको ग्वार्काे चोकमा बन्ने फ्लाइओभर नेपाली निर्माण कम्पनीले बनाउनेछन् । विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सोमवार ठेक्का निकालेको हो ।

फ्लाइओभर भनिए पनि विकसित देशमा जस्तो जटिलखाले संरचना नभई साधारण खालको ३५ मीटरको पुल बनाउने भएको र त्यसका लागि नेपाली कम्पनीहरू नै सक्षम भएकाले यस्तो ठेक्का निकालिएको केन्द्रका निर्देशक डा.विजय जैशीले जानकारी दिए । योजना, डिजाइनदेखि निर्माण सम्पन्न अर्थात् इन्जिनीयरिङ प्रक्युरमेन्न्ट कन्स्ट्रक्शन (ईपीसी) ढाँचामा निर्माण गरिने उक्त फ्लाइओभर ठेक्का पाउने कम्पनीले उक्त अवधिभित्र बनाइसक्नुपर्नेछ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार