‘सरकारी दानापानीमा चल्ने महेश बस्नेतहरुको आजको प्रदर्शन नै अन्तिम आन्दोलन’

काठमाडौं । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले महेश बस्नेतहरुको सडक आन्दोलन आजको अन्तिम भएको टिप्पणी गरेका छन् ।

सोमबार सर्वोच्च अदालतको फैसलाको स्वागत गर्न काठमाडौको प्रदर्शनीमार्गमा भेला भएका पाँच विद्यार्थी संगठनका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा तामाङले उक्त टिप्पणी गरेका हुन् ।

देशमा करिब साढे तीन वर्षदेखि ओली सरकारले वडादेखी केन्द्रसम्मका सरकारहरुलाई भर्याङ बनाएर जनमतको दुरुपयोग गर्दै राष्ट्रको ढुकुटीमाथी लुटपाट गरेको भन्दै तामाङले भने ‘ओली मण्डलीले साढे तीन वर्षभन्दा लामो समयदेखि मनपरी रुपमा राष्ट्रिय ढुकुटीमा गरिरहेको दोहनको शृंखलाको आजबाट अन्त्य भएको छ ।’

त्यसपछि तामाङले भने ‘ठेक्कापट्टा, श्रोतसाधन र राज्यको ढुकुटीमाथी ‘बा’ हरुले कागजी चाँजो पाँजो मिलाउने र ‘बा’ का छोराछोरीहरुले त्यसैको इन्धनमा ‘आइ लभ यू’ भन्दै सहरको वातावरण प्रदुषित गर्ने र नागरिकलाई दिक्क लगाउने काम गरिरहेका थिए, अदालतको फैसलासँगै अब त्यसको अन्त्य भएको छ ।’

प्रतिगमनको बिरोधमा नेबिसंघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौं लामो समयदेखी सडक आन्दोलनमा थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार