संसद विघटन बदरपछि प्रचण्डले भने, ‘जनताको जित भयो, इतिहासले यसलाई सम्मान गर्नेछ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको आदेशले नेपाली जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।

संसद विघटन बदरको फैसलापछि प्रतिक्रिया दिँदै उनले संसद विघटनको असंवैधानिक निर्णय सच्याउने सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए । ‘समग्रमा नेपाली जनताको जित भएको छ’ उनले भने, ‘पटकपटकको संसद विघट्न, पटकपटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो । त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु ।’

अध्यक्ष प्रचण्डले संसद विघटन बदरको यो निर्णय इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने र इतिहासले यसलाई सम्मान गर्ने बताए ।

उनले संविधान, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय हितको रक्षाका लागि अदालतको फैसला आवश्यक बनेको बताए । यो ऐतिहासिक फैसला गर्ने सर्वोच्चका प्रधानन्यायधीशसहितलाई न्यायधीशलाई धन्यवाद दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार