काठमाडौं । असंवैधानिक रुपमा गरिएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली समुहमा रुवाबासी चलेको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई असंवैधानिक ठहर गर्दै सर्वसम्मत रुपमा प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको हो ।
सर्वोच्चको फैसलासँगै एमालेका नेताहरुले फैसलाप्रति आपत्ति जनाएका छन् । युवा संघले सबै निर्णय नमान्ने भन्दै जुलुस पनि निकालिसकेका छन् ।
यसबारे एमाले नेता शंकर पोखरेलले लेखेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’






