ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. २ सान्थाक्राका ५२ वर्षिय रिङजिङ शेर्पाको भिरबाट लडेर मृत्यु भएको छ ।भागदले साइलाको नामले परिचित उनको घरछेउको भिरवाट करिव २५ मिटर तल झर्दा मृत्यु भएको परिवारले जनाएको छ । श्रीमती र अरु आफन्तसँगै थिङलाबुको ओख्राबुमा भएको बिबाह भोजमा सहभागी भएर फर्कने क्रममा शेर्पा लडेर घाइते भएका थिए । उनि सगैं रहेका आफन्तले उठाएर घरमा पुर्याएपनि अस्पताल लैजाने तयारी गर्दैगर्दा ज्यान गएको हो । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइने सान्थाक्रा प्रहरी चौकिका हवल्दार देवी खवासले जानकारी दिए ।






