सिरहामा चोरी र ठगी आरोपमा दुई जनालाई पक्राउ

उज्यालो प्रतिनिधि २२ असार २०७८, मंगलवार समाचार

सिरहा । सिरहा प्रहरीले चोरी र ठगी आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी आरोपमा कल्याणपुर नपा ११ का २० वर्षिय किसन साहलाई कल्याणपुर बजार सुन चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।

सिरहा कल्याणपुर ८ अरङका मो. हबुद राईनको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट गएका प्रहरी टोलीले खोजतलासको क्रममा रातिनै साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।प्रहरीले उनको साथबाट कानमा लाउने सुनको झुम्का, सुनको मङटिका (सिरवन्दि) १ थान, सुनको नथिया १ थान, चाँदीको हौसली, कल्ली, पाउजु र हातमा लगाउने चुरा गरी करिव १ किलो ५ सय ग्राम बरामद गरेको छ ।

चोरी गर्ने मानिस घरको छतबाट भित्र प्रवेश गरेको बताइएको छ । साहलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चैइामा राखिएको छ ।
त्यसैगरी, प्रहरीले बैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै रकम ठगी गर्नेलाई नियन्त्रणमा लिएको छ । कल्याणपुर नपा १ का रामबाबु चमारसँग बैदेशिक रोगजारीमा दुवै पठाईदिने भन्दै ३ लाख १७ हजार ठगी गरी फरार रहेका स्थानिय ४५ वर्षिय रमेश महरालाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरेको हो ।पक्राउ परेका महरालाई गरीवैदेशिक रोजगार विभाग काठमाण्डौंमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार