अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले कोभिड–१९ सङ्क्रमितको उपचारार्थ सञ्चालन गरेको गोलबजार अस्थायी कोभिड अस्पताल लागि करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

विकास निर्माणको बजेट कटौती गरी नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताललाई अमेरिकाको मिचिगनस्थित हेल्पिङ ह्याण्ड नेपाल च्याप्टरले स्वास्थ्य सेवा तथा उद्धार सङ्घ (हेस्रा नेपाल)मार्फत करिब रु ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सो संस्थाले विद्युतीय शय्या, आइसीयू शय्या, इसिजी मेसिनलगायत अस्पतालका लागि आवश्यक विभिन्न १२९ प्रकारका स्वास्थ्य उपकरण गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहमार्फत अस्पताललाई हस्तान्तरण गरेको हेल्पिङ ह्याण्डका नेपाल च्याप्टर प्रमुख जीवा पोखरेलले जानकारी दिए । अस्पतालले पाएको उपकरण सहयोगबाट अबका दिनमा स्तरीय उपचार सेवा दिने नगरप्रमुख साहले बताए ।

कोभिड–१९ को महामारी मत्थर भएपछि भविष्यमा अस्थायी कोभिड अस्पताललाई क्षेत्रीयस्तरको ट्रमा सेन्टरसहित करिब रु एक अर्ब लगानीमा सुविधासम्पन्न अस्पताल बनाउने योजना रहेको नगरप्रमुख साहको भनाइ छ । यसअघि पनि हेल्पिङ ह्याण्डले हेस्रा नेपालमार्फत गत जेठ २४ मा गोलबजार कोभिड अस्थायी अस्पताललाई करिब रु तीन लाख मूल्यको अक्सिजन सिलिण्डर, थर्मलगन, पिपिइ, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, सर्जिकल फेस मास्क र ३०० थान कपडाको मास्क उपलब्ध गराएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार