हुम्लामा शिक्षकद्वारा स्वास्थ्य संयोजक कुटिए

हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् ।

सङ्क्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताए ।

सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार