यौन सम्पर्क टाउको दुखाईको अचूक औषधी

एजेन्सी । मानिसमा शारिरीक सम्बन्धबारे विभिन्न धारणा रहेको पाइन्छ। वैज्ञानिक दृष्टिले मानव अस्तित्वका लागि पनि नभइ नहुने शारिरीक सम्बन्धबारे प्रायले खुलेर कुरा गर्दैनन्। धेरैले यसलाई व्यक्तिगत र गोप्य मामला मान्दछन्। जेहोस व्यक्तिगत वा गोप्य जे भने पनि यसबाट टाढा रहनेहरु भने नगण्य प्राय होलान्।

शारीरिक सम्बन्ध राख्नुका विविध फाइदा पनि रहेको छ । वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा विभिन्न रोगको अचुक औषधि भएको बताएका छन् । वैज्ञानिकहरूले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरूले सेक्सलाई टाउको दुखाईको अचूक औषधी भनेका छन् ।

आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउँछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ । र यसलाई सेक्सको जादु भनिन्छ ।

यति मात्रै होइन, यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ । अनुसन्धानमा संलग्न न्यूरोलोजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कयौँपटक त पुरै ठीक हुन्छ ।

केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलोजिस्ट्सको एक टिमले शोधपछि भनेको थियो टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौँ बढी असरदार छ । शोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए ।

यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रूपमा ठीक पनि हुन्छ । वैज्ञानिकहरूले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् । एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार