रसुवाको तीन स्थानीय तहलाई औषधी सहयोग

काठमाडौंँ । लाजिम्पाटमा रहेको एशोसियशन नेपाल आकी अन्तर्गत सञ्चालित ‘कोथिना मीठो छ हस्पिटालिटी स्कूल’ले रसुवाको तीन स्थानीय तहलाई औषधी सहयोग गरेको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि उक्त स्कूलले सो जिल्लाको उत्तरगया, नौकुण्ड र आमाछोदिङम्मो गाउँपालिकामा होम आइसोलेशनमा रहेका सङ्क्रमितलाई आवश्यक सामग्री सहयोग गरेको हो । । पूर्व सांसद मोहन आचार्यमार्फत सोही गाउँपालिकामा स्वास्थ्य सामाग्री पठाइ वितरण गरिएको हो ।

स्कूलका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र पोखरेलले कोरोनालाई आवश्यक पर्ने औषधी सहयोग गरेको जानकारी दिनुभयो । ती सामाग्रीमा भिटामिन ‘सी’, भिटामिन ‘डी’, जिङ्क चक्की, कोडोमोल ट्याब्लेट, विटा टु, थर्मोमिटरलगायत छन् । सङ्मितलाई डाक्टरको सल्लाहअनुसार आवश्यक पर्ने औषधि र स्वास्थ्य स्वयम्सेवकलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको उनले भने । “ग्रामीण क्षेत्रमा कोरोना रिपोर्ट पोजेटिभ आएर आत्तिएका जनतालाई थोरै भएपनि राहत पुग्ने उदेश्यले हामीले प्राथमिक स्वास्थ्य उपचारका लागि उक्त औषधि पठाएका हौँ, जनता रोगले आत्तिएको बेलामा यसले थोरै भएपनि सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो । जिल्लामा सक्रिय सङ्क्रमितको सङख्या २०० रहेका जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार