भक्तपुर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

भक्तपुर । कोरियाली स्वयंसेवा कार्यक्रमअन्तर्गत कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताललाई रु पाँच लाखभन्दा बढीका स्वास्थ्य उपकरण एवं सामग्री हस्तान्तरण गरेको छ ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठको उपस्थितिमा कोइकाका विश्व निर्देशक बुङचिओल किमले अस्पतालका प्रशासन अधिकारीलाई हालै एक थान अक्सिजन कन्सन्ट्रेटर, २३० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), १० हजार थान शिरकवच, ८४ बाकस पञ्जा र पाँच हजार थान मास्क हस्तान्तरण गर्नुभएको यहाँस्थित कोइकाको कार्यालयले आज जनाएको छ ।

गणतन्त्र कोरियाले सन् १९९१ देखि नेपालमा शिक्षा, स्वास्थ्य, कृषि, सूचना तथा सञ्चार प्रविधि र पर्यटन विकासमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार