काठमाडौँ । ईश्वर थोकरको कवितासङ्ग्रह ‘लीला’ बजारमा आएको छ । स्वीकृति थोकरले प्रकाशन गरेको उक्त पुस्तकमा १४ वटा कविताहरु सङ्ग्रहित छन ।
उक्त कवितासङ्ग्रहको आवरणकला शब्दघरले गरेका हुन । कवी थोकरले उनको जीवनसाथी ‘लीला पुन मगर’लाई समर्पित गरेर लेखिएका प्रेमकविताहरु कवितासङ्ग्रहको रुपमा प्रकाशनमा ल्याएका हुन ।
कवी थोकरले भने ” यस सङ्ग्रहमा मेरो जीवनसाथी लीला पुन मगरकै भूमिका छ । लीलाको भूमिका यत्तिमात्रै छ, ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थेँ । उनको नजिक पर्न चाहन्थेँ । उनलाई तुरुन्तै जीवनसाथी बनाउन चाहन्थेँ । उनीसँगै जिउन चाहन्थेँ, उनीसँगै मर्न चाहन्थेँ । यसरी परिकल्पना गरेको दश वर्षपछि उनलाई मैले जीवनसाथीको रुपमा पाएको छु । थ्याङ्स गड !’ –लीला पुन मगर”
तामाङ ग्योइकाइ पुरस्कार (२०७१) बाट सम्मानित भैसकेका कवी थोकरले यस अघी पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६) प्रकाशित गरिसकेका छन ।
।






