नेता थापाको उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालीले ब्यहोर्ने जनाएको छ । उहाँ हाल मेडिसिटी अस्पतालमा उपचाररत् छन । स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उनलाई ग्रान्डि अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सधन उपचार कक्षामा भर्ना गरिएको छ । उनको उपचारका लागि सो पार्टीले आर्थिक सहयोग अभियान समेत शुरुआत गरेको बताइएको छ ।

मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वरिष्ठ सामाजिक अभियान्ता समेत रहनु भएका थापाको उपचार खर्चमा लाग्ने सम्पूर्ण रकम प्रदान गर्ने आज विज्ञप्ति मार्फत जानकारी दिएको छ । कलेजका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य उपचार रकमको अभावमा नेपाली नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कुरामा कलेज सचेत एवम् यसका लागि आफ्नो क्षमताले भ्याएसम्म मानवीय सेवा तथा सहयोग गर्न कलेज प्रतिबद्ध रहेको उल्लेख छ ।

विज्ञप्तिमा गणतन्त्र स्थापनार्थ एवम् सामाजिक आन्दोलनमा थापाले पु¥याउनुभएको अथक योगदान उच्च छ । विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले भनेका छन, “गणतन्त्र स्थापनामा लाग्नु भएका असल सामाजिक अभियान्ता तथा तत्कालीन विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी मेडिकल कलेजले ब्यहोर्ने छ । म उनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु । रकमका अभावमा अकालमा कसैले मृत्युवरण हुन नदिन म आफ्नोे क्षमताले भ्याएसम्म सहयोग गर्छु । मेरा लागि मानव सेवा नै धर्म हो । ”

गणतन्त्र स्थापनामा सबै नेपालीको भूमिका ,साथ र सहयोग उत्तिकै रहेको उल्लेख गर्दै विज्ञप्तिमा समाजसेवी समेत रहेका कार्यकारी निर्देशक प्रसाईँले गणतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहीदमा श्रद्धासुमन समेत अर्पण गरेका छन । उनले गणतन्त्रलाई थप सुदृढ बनाउँदै समृद्ध नेपालको यात्रामा लाग्न पनि राजनीतिक दललाई विज्ञप्ति मार्फत आह्वान गर्नुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार