गिजामा समस्या भए/नभएको कसरी थाहा पाउने ?

एजेन्सी । दैनिकी र खानपानमा आएको परिवर्तनसँगै मुख, दाँत तथा गिजासम्बन्धी समस्याहरु पनि बढ्दै गइरहेका छन्। मुखमा कुनै न कुनै समस्या नभएका मानिस भेट्नै पनि गाह्रो छ, अहिलेको समयमा। कतिपय अवस्थामा जानेर पनि हेलच्यक्र्याईँका कारण अनि कतिपय समयमा नजानेर नै समस्या जटिल बन्दै गइरहेको हुन्छ।यस्तो अवस्थामा आफू स्वयं जागरुक हुनुपर्छ। आफ्नो गिजामा समस्या छ वा छैन भनेर परीक्षण गरिरहनुपर्छ।ध्यान दिनुपर्ने विषयः

१. के तपाईँको गिजा सुन्निएको छ ?
२. दाँत माझ्दा, टुथपिकको प्रयोग गर्दा वा अन्य दाँत तथा गिजा सफा गर्ने सामग्रीहरुको प्रयोग गर्दा रगत आउँछ ?
३. के तपाईँको गिजा खुम्चिएको वा तलतिर सरेको कारणले दाँतको लम्बाई बढेको जस्तो देखिएको छ ?
४.दाँत हल्लिएको महसुस गर्नुभएको छ ?
५. दाँत र गिजाको बीचको भागबाट पहेँलो पिपजस्तो बगेको देख्न्नुभएको छ ?
६. दाँतको स्थान परिवर्तन भएको, अन्य दाँतभन्दा माथि बढेको वा दाँतहरुको बीचमा दूरी बढ्दै गएको महसुस गर्नुभएको छ ?
७. तपाईँको बाआमा वा परिवारको अन्य सदस्यहरुमा गिजा सम्बन्धी समस्या देखिएर उमेर नपुग्दै दाँत झरेको छ?

यदि यी प्रश्नहरुको उत्तर एक वा त्यो भन्दा धेरै पटक ‘छ’र’हो’ भन्ने आएको छ भने तपाईँको गिजामा समस्या देखा परेको छ। यस्तो अवस्थामा सकेसम्म छिटो दन्तचिकित्सक वा गिजा रोग सम्बन्धी विशेषज्ञलाई देखाउनुपर्छ।सुरुवाती अवस्थामा छ भने उपचार गरेर गिजालाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ। यदि गिजाको अवस्था जटिल भइसकेको छ भने अहिलेकै अवस्थामा रोक्न सकिन्छ वा अझै जटिल हुनबाट जोगाउन सकिन्छ।त्यसैले आफ्नो गिजाको अवस्थाको बारेमा बेलाबेलामा आफूले पनि परीक्षण गर्दै गरौँ, यदि माथि लेखिएका झैँ समस्याहरु छन् भने दन्तचिकित्सक वा गिजा रोग सम्बन्धी विशेषज्ञलाई देखाऔँ। आफ्नो दाँत, गिजा तथा मुख सम्बन्धी रोगहरुका बारेमा जानकारी राखौँ र त्यस्ता रोग लाग्नबाट बचौँ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार