मिर्गौला पीडित तामाङ्लाई १६ लाख

तनहुँँ । व्यास नगरपालिका–१ हाइस्कुलटारको नवयुवा क्लवले सोही वडा निवासी मिर्गौला पीडित आशमाया तामाङ्लाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सनम तामाङ् र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत शुक्रबार आशमायालाई रु. १६ लाख १५ हजार सहयोग गरिएको हो । क्लबले टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, विभिन्न संस्था, विदेशमा रहेका शुभचिन्तकबाट सो आर्थिक सङ्कलन गरेको जनाएको छ ।

एक साता लम्बियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिकोे बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर यही जेठ २२ गते सम्म लम्ब्याएको हो । सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जादाँ कोरोना महामारीको जोखिम पनि यथावत रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार