धन्य सफल भयो–सङ्क्रमित गर्भवतीको शल्यक्रिया

दैलेख । जिल्ला अस्पताल दैलेखमा कोरोना सङ्क्रमित एक गर्भवतीको शल्यक्रिया गरिएको छ । उनको शल्यक्रियाबाट बच्चा जन्माइएको छ । दुल्लु नगरपालिका–९ की ती महिलाको डा जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले आमा र बच्चाको स्वास्थ्यस्थिति सामान्य रहेको डा थापाले जानकारी दिए । ती महिलालाई उनलाई सुत्केरी ब्यथाले च्यापेपछि जिल्ला अस्पतालमा ल्याइएको थियो । सुत्केरी गराउने क्रममा उनी पहिलेदेखि बिरामी भएको जानकारी पाएपछि जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको डा थापाले जानकारी बताए । समयमा ती महिलालाई अस्पताल ल्याउन नसकिएको भए ज्यान जोखिममा पर्न सक्ने थियो ।

सो अस्पतालमा गत तिन महिनादेखि बन्द भएको शल्यक्रिया सेवा पुन सञ्चालनमा आएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने र पूर्ण स्वस्थ भएपछि घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रशूतिसम्बन्धी विशेषज्ञ चिकित्सक अभाव भएको विषयमा राससले समाचार सम्प्रेषण गरेको थियो । जिल्ला अस्पतालमा गत तिन महिनासम्म उक्त सेवा बन्द हुँदा गर्भवतीहरु उपचार र शल्यक्रियाका लागि सुर्खेतस्थित अस्पतालमा धाउने गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार