साँवाबाट पन्ध्र लाख बराबरको स्वास्थ्य सामग्री

काठमाडौ । प्रतिनिधिसभाका निवर्तमान सांसद एलपी साँवा लिम्बूले झापामा १५ लाख बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराउनुभएको छ ।
नेकपा (एमाले)का प्रदेश नं. १ कमिटीका सदस्य साँवाको पहलमा उपलब्ध भएको स्वास्थ्य सामाग्री शनिबार कनकाइमा कार्यक्रमबीच मेची प्रादेशिकक अस्पताल भद्रपुर, स्वास्थ्य कार्यालय झापा, कनकाइ नगरपालिकाको कोरोना अस्पताल र शिवशताााी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । अक्सिजन सिलिण्डर, पिपिसेट, सर्जिकल मास्क, अक्सोमिटर, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्री साँवाका स्वकीय सचिव सिक्किम पास्वानले सम्बन्धित निकायलाई हस्तान्तरण गर्नुभएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट सांसद साँवाको पहलमा स्वास्थ्य सामग्रीको व्यवस्थापन भएको बताइएको छ । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य मिलन कट्टेलको अगुवाइमा स्वास्थ्य सामग्री झापा ल्याइएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार