काठमाडौँ । गायक सानुबाबु घिसिङ र गायिका रश्मी तामाङको आवाजमा रहेको ‘छामेला मि फोबा’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिको हो ।
गीतमा उनै गायक एंव संगीतकार सानु बाबु घिसिङको शब्द र संगीत रहेको छ । गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
म्युजिक भिडियोलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन गरेका हुन भने उनीसहित मञ्जु लो तामाङ, कुइसाङ रुम्बा, अनिता नेगीको अभिनय समेटिएको छ । युद्ध लामाले कोरियोग्राफी गरेको भिडियोलाई सुमन तामाङले छायांकन,सम्पादन र कलर गरेका हुन ।






