स्टेज चडेर मात्रै हिट हुन्छ भन्ने लाग्दैन् : गायिका स्यङ्तान (भिडियो)

उज्यालो प्रतिनिधि १४ बैशाख २०७८, मंगलवार कला/साहित्य

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानले स्टेज चडेर मात्रै हिट हुन्छ भन्ने नलागेको बताएकी छिन् । उज्यालो नेटवर्कको बिशेष प्रस्तुती ‘सिने गफ’ मा उनले स्टेज चडेर मात्रै हिट हुन्छ भन्ने आफुलाई नलागेको बताएकी हुन ।

‘खासै मलाई स्टेज चड्दैमा हिट हुन्छ भन्ने लाग्दैन । अझै धेरै कामहरु गर्न बाँकी छ । अझै धेरै मेहनत गर्दैछु । बेस्ट गर्नुपर्छ जस्तो लाग्छ मलाई । त्यही भएर स्टेज चड्नु मात्रै ठुलो कुरा हैन जस्तो लाग्छ ।”

उनी स्टेजमा त्यती नदेखिने गायिका हुन । उनले कार्यक्रमहरुमा प्रस्तुती राख्न अफर आएपनी कामको व्यस्तताले नजाने गरेको बताइन ।

सानैदेखी सांगीतिक क्षेत्र प्रती उनको रुचि खुब थियो । गायन प्रतियोगितामा उनी प्राय प्रथम स्थान हासिल गर्थिन ।पढाइमा पनि उनी सिपालु थिइन ।

“घरमा रेडियो थियो । जब इन्दिरा गोले गुरुङ र अञ्जु पन्तको गीत बज्थ्यो लेख्न र सुन्न बस्थे । म खाना छोडेर भएनी कान थापेर रेडियो नजिकै गएर गीत सुन्थे । आमा छक्क पर्नुहुन्थ्यो । कतिपल्ट त आमाको गाली पनि खाए” उनले भनिन ।

सांगीतिक क्षेत्र कै दौरानमा उनले मलेसियामा प्रस्तुती दिइसकेकी छिन् । पहिलो गीतबाट नै चर्चा बटुल्न सफल गायिका स्याङ्तानले ‘नार्दोला थोबो’ बजारमा ल्याउने तयारी गरिरहेकी छिन् ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार